दोलखामा रास्वपाका जगदीश खरेल विजयी, कांग्रेसका शिवाकोटी चौथोमा
बिहान सार्वजनिक अन्तिम मत परिणाममा उनले ३२ हजार ३७३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार पार्वत गुरुङले १७ हजार ४४९ मत ल्याए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार जगदीश खरेल विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम मत परिणाममा उनले ३२ हजार ३७३ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार पार्वत गुरुङले १७ हजार ४४९ मत ल्याए । तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार विशाल खड्काले १३ हजार ६४ मत पाए ।
नेपाली कांग्रेसका उमेदवार अजयबाबु शिवाकोटी १२ हजार २९८ मतसहित चौथो स्थानमा रहेका निर्वाचन आयोगले जनाएको छ ।