नवलपरासी १ बाट विक्रम खनाल निर्वाचित, विनोद चौधरी भारी मतान्तरले पराजित

उनी ४५ हजार २४१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विनोद कुमार चौधरीले ९ हजार ५०२ मत मात्र पाएका छन् ।



नवलपरासी १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनाल निर्वाचित भएका छन् । उनी ४५ हजार २४१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विनोद कुमार चौधरीले ९ हजार ५०२ मत मात्र पाएका छन् । त्यस्तै, नेकपा एमालेका राम प्रसाद पाण्डेयले ७ हजार ९५६ र जनता समाजवादी पार्टीका हृदयेश त्रिपाठीले ७ हजार ८३२ मत प्राप्त गरेका छन् ।