यो साता नेप्से सूचकमा सामान्य गिरावट, कुन उपसमूहको सूचक कति बढ्यो, कति घट्यो ?
यो साता नेप्से परिसूचक सामान्य अंक घटेको छ । गत साता २७१४.०५ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.२० प्रतिशत अर्थात ५.३५ अंक घटेर २७०८.७० विन्दुमा बन्द भएको हो ।
काठमाडौं । यो साता नेप्से परिसूचक सामान्य अंक घटेको छ । गत साता २७१४.०५ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.२० प्रतिशत अर्थात ५.३५ अंक घटेर २७०८.७० विन्दुमा बन्द भएको हो ।
५ कारोबार दिनका लागि बजार खुलेको यो साता २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स २.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक घटेको छ ।
नेप्सेसँगै यो साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा १४ अर्ब ७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब १ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३५.९८ प्रतिशत घटेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या २९.३९ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २९.३९ प्रतिशत घटेको छ ।
१३ उपसमूहमध्ये यस साता ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.१९ प्रतिशत बढेको छ । गत साता ७५२२.३६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १६४.८३ अंक बढेर ७६८७.१९ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको छ ।
यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत घटेको छ । गत साता २५६२.१३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २६.३१ अंक घटेर २५३५.८२ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ४२.९९ अंक घटेको छ । गत साता ४९८०.०४ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ०.८६ प्रतिशत घटेर ४९३७.०५ विन्दुमा झरेको छ।
यस साता कालिञ्चोक दर्शनको सेयरमूल्य सर्वाधिक ३४.३६ प्रतिशत बढेको छ । गत साता ८०२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको सो कम्पनीको सेयर यस साता १ हजार ७८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस साता नारायणी डेभलपमेन्ट बैंक र सुपर माई हाइड्रोपावरको सेयरमूल्य करिब साढे १३ प्रतिशत बढेको छ भने आँखु खोला जलविद्युत कम्पनीको सेयरमूल्य १३ प्रतिशतभन्दा बढी बढेको छ । यस साता कालिका पावरको सेयरमूल्य सर्वाधिक ९.२७ प्रतिशत घटेको छ । अन्य स्टकहरुको मूल्य गिरावट दर भने ८ प्रतिशतभन्दा कम रहेको छ ।