समानुपातिक बन्दसूची: ६३ दल ३१३५ उम्मेदवार, साढे ४३ प्रतिशत महिला उम्मेद्वार

राजनीतिक दलले प्रत्यक्षमा प्राप्त गरेको सीट संख्या र राष्टियसभामा भएको सीट संख्या जोडेर संघीय संसदमा ३३ प्रतिशत महिला सांसदको संख्या हुनुपर्दछ । त्यसैले ठूला दलहरुका अधिकांस महिला सांसद समानुपातिकबाटै छानिनेछन् ।

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा ६३ राजनीतिक दलबाट तीन हजार १३५ उम्मेदवार कायम रहेको जनाएको छ ।

आज पत्रकार सम्मेलन गरेर आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक प्रतिनिधि सभा सदस्य निर्वाचन समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरेको बताए ।

कायम भएका उम्मेदवार १ हजार ७७२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार रहेका जनाएको छ । समानुपातिक सूचीमा भएका कुल उम्मेद्वारमध्ये ५६.४३ प्रतिशत पुरुष र ४३.४७ प्रतिशत महिला छन् । राजनीतिक दलले प्रत्यक्षमा प्राप्त गरेको सीट संख्या र राष्टियसभामा भएको सीट संख्या जोडेर संघीय संसदमा ३३ प्रतिशत महिला सांसदको संख्या हुनुपर्दछ । त्यसैले ठूला दलहरुका अधिकांस महिला सांसद समानुपातिकबाटै छानिनेछन् ।