सुनचाँदीको मूल्यमा गिरावट, सुन ४२०० ले घट्दा चाँदी २७० रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुनको तोलाको ४ हजार २०० रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २७० रुपैयाँले घटेर ४ हजार ७१० रुपैयाँमा मा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा पुन: सुनचाँदीको मुल्य घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुनको तोलाको ४ हजार २०० रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहिबार सुन तोलाको २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २७० रुपैयाँले घटेर ४ हजार ७१० रुपैयाँमा मा कारोबार भइरहेको छ । यसअघि बिहिबार चाँदी तोलाको ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।