चुनाव एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल
मौसम पूर्वानुमान गर्दा हिउँ पर्दैन कि भन्ने जानकारी प्राप्त गरेका छौँ। केही ठाउँमा हिउँ पर्यो भने पुन मतदान हुन्छ, एकै चारणमा हुन्छ, दुई चरणमा हुँदैन ।
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते नै चुनाव हुने दाबी गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीसहितको टोलीले लगायत मतपत्र छपाइ स्थलको अवलोकन गरेपछि मौसमले पनि साथ दिने देखिएको बताए ।
उनले भने, ‘मौसम पूर्वानुमान गर्दा हिउँ पर्दैन कि भन्ने जानकारी प्राप्त गरेका छौँ। केही ठाउँमा हिउँ पर्यो भने पुन मतदान हुन्छ, एकै चारणमा हुन्छ, दुई चरणमा हुँदैन ।’ देश र संविधान बचाउनको लागि चुनाव अपरिहार्य रहेको कुरामा सबै एकमत रहेको बताए ।