'अवतार ०७' परीक्षणका लागि नेपाल ल्याइयो, मूल्य १ करोड १० लाख

चिनियाँ विद्युतीय कार ब्राण्ड अवतारको नयाँ मोडल ०७ नेपाल आएको छ । नेपालका लागि आधिकारिक बिक्रेता सीजी एमएडब्लू इभोलुसन प्रालिले अवतार ०७ नेपाल ल्याएको हो । कम्पनीले अवतार ०७ को मूल्य १ करोड १० लाख रुपैयाँ तोकेको हो ।

काठमाडौं । चिनियाँ विद्युतीय कार ब्राण्ड अवतारको नयाँ मोडल ०७ नेपाल आएको छ । नेपालका लागि आधिकारिक बिक्रेता सीजी एमएडब्लू इभोलुसन प्रालिले अवतार ०७ नेपाल ल्याएको हो । अहिले उक्त कार एसयूभी भन्सार जाँचपास प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । कम्पनीले भन्सार जाँचपास प्रक्रियाका लागि अधिकतम खुद्रा बिक्री मूल्य प्रकाशित गरेको छ । कम्पनीले अवतार ०७ को मूल्य १ करोड १० लाख रुपैयाँ तोकेको हो ।

कम्पनी स्रोतका अनुसार हाल परीक्षणका लागि उक्त अवतार ०७ नेपाल ल्याइएको हो । यसको आधिकारिक बिक्री भने सन् २०२६ को दोस्रो त्रैमाससम्ममा सुरु गरिने स्रोतको भनाइ छ ।

हाल नेपाली बजारमा अवतार ११ बिक्री हुँदै आएको छ । अर्बान एसयूभी अवतार ०७ मा १९० किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ ।

रियर ह्वील ड्राइभ अप्सनमा आउने अवतार ७ मा ८२ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ। यसले एकपटकको फुलचार्जमा ६५० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । यो एसयूभीले शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन केबल ६.३ सेकेण्ड मात्रै लाग्छ ।

अवतार ७ को लम्बाइ ४८२५ एमएम, चौडाइ १९८० एमएम, उचाइ १६२० एमएम छ । यसको ह्वीलबेस २९४० एमएम रहेको छ । सुरक्षाका लागि यसमा ९ वटा स्ट्याण्डर्ड एयरब्याग, एडभान्स २७ सेन्सर, लाइडर, ३६० डिग्री क्यामेरा आइपी ६८ वाटरप्रुफ ब्याट्री प्रोटेक्सन लगायत फिचर छन् ।