उद्योगहरू देशका मेरुदण्ड हुन्: बालेन साह

चुनावी अभियानका क्रममा उदयपुर पुगेका साहले उदयपुर सिमेन्ट उद्योगपरिसरमा खिचिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उद्योगहरूले रोजगारी सिर्जना, राष्ट्रिय आय वृद्धि र आर्थिक आत्मनिर्भरता हासिल गर्न निर्णायक भूमिका खेल्ने उल्लेख गरेका छन् ।


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले उद्योगहरू देशको मेरुदण्ड भएको बताएका छन् । चुनावी अभियानका क्रममा उदयपुर पुगेका साहले उदयपुर सिमेन्ट उद्योगपरिसरमा खिचिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उद्योगहरूले रोजगारी सिर्जना, राष्ट्रिय आय वृद्धि र आर्थिक आत्मनिर्भरता हासिल गर्न निर्णायक भूमिका खेल्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– उद्योगहरू देशका मेरुदण्ड हुन्। उद्योग फस्टाउँदा मात्र रोजगारी बढ्छ, आय बढ्छ र देश समृद्धितर्फ अघि बढ्छ ।

विशेषगरी उदयपुर सिमेन्टजस्ता राष्ट्रिय महत्त्वका उद्योगहरूलाई राज्यले केवल सञ्चालनमै सीमित नराखी संरक्षण, सुधार र प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिएका छन् । यस्तो उद्योग जोगाउन सके मात्र उत्पादनमूलक अर्थतन्त्र निर्माण हुने उनको धारणा छ।