होटल फरेस्ट इनको आइपिओ सर्बसाधारणका लागि खुला
होटल फरेस्ट इनले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले प्रति इकाई १०० को दरले ३३ लाख २० हजार कित्ता सेयर सर्बसाधारणका लागि खुला गरेको हो । आईपीओको लागि आजदेखि २६ गतेसम्म र पर्याप्त आवेदन नपरेमा फागुन ८ गतेसम्म खुला हुने बताइएको छ ।
काठमाडौं । होटल फरेस्ट इनले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले प्रति इकाई १०० को दरले ३३ लाख २० हजार कित्ता सेयर सर्बसाधारणका लागि खुला गरेको हो ।
आईपीओको लागि आजदेखि २६ गतेसम्म र पर्याप्त आवेदन नपरेमा फागुन ८ गतेसम्म खुला हुने बताइएको छ । कम्पनीको जारी पूँजी २ अर्ब रहेको छ । यसमध्ये २० प्रतिशत अर्थात् ४० लाख इकाई सेयर, सर्वसाधारणका लागि जारी गरिने भनिएकोमा यसको १० प्रतिशत ले हुन आउने ४ लाख कित्ता सेयर यसअघि नै विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो ।
सर्वसाधारणको लागि निष्कासन गरिएको सेयरमध्ये २ प्रतिशत अर्थात् ८० हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ र कुल प्रस्तावित सेयरको ५ प्रतिशत अर्थात् २ लाख कित्ता म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ । त्यसपछि बाँकी रहेको ३३ लाख २० हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।
आईपीओ निष्कासनको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन प्रबन्धकको रूपमा नियुक्त गरिएको छ । यस आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका आवेदन दिन सकिने छ ।