अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ६३ दिनका लागि २० अर्ब निक्षेप संकलन गर्दै
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ६३ दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्दै २० अर्ब रुपैयाँ उठाउने भएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ६३ दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्दै २० अर्ब रुपैयाँ उठाउने भएको छ । केन्द्रीय बैंकले बुधबार बोलकबोल प्रक्रियामार्फत उक्त रकम संकलन गर्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।
निक्षेप संकलनमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन्। बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ। त्यसपछि क्रमशः बढी ब्याजदरका बोलहरू स्वीकार गर्दै आह्वान गरिएको रकम पूरा गरिनेछ । यस निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।