कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ नेपाल लाइफ इन्स्योरेन्सलाई प्रदान
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कर्पोरेट एक्सिलेन्स अवार्ड, २०२५ बाट सम्मानित भएको छ । यस अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कर्पोरेट एक्सिलेन्स अवार्ड, २०२५ बाट सम्मानित भएको छ । यस अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो ।
काठमाडौंमा आयोजित समारोहका बीच नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त सम्मान लिएका हुन् ।
नेपाली बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन दावी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बीमा शुल्क आर्जन, कम्पनीद्वारा मानव संसाधनको विकासमा गरिएको लगानी, लगानी विविधिकरणमा गरिएका कार्यहरूको क्षेत्रमा गरिएका कार्यहरु, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका कार्यक्रमहरु जस्ता मापदण्डहरुलाई मुल्यांकन गर्दै कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो ।
