झापा–५ मा बालेनसँग स्थानीयको प्रश्न: रास्वपाको एजेन्डा के हो ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापामा पुन: चुनावी अभियान शुरु गरेका छन् । स्थानीयले बालेनलाई रास्वपाको एजेण्डा के छ भन्ने प्रश्न गरेका थिए । उनले काठमाडौँमा बाढीबाट बचाउन हटाउन खोजेको भन्दै हटाउन त्यसलाई गलत प्रचार गरिएको बताए । बालेनले झापाको अवस्था फरक रहेको, यहाँ असली सुकम्बासी भएकोले डोजर नचलाउने र आफुहरुले समस्या समाधान गर्ने बताए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापामा पुन: चुनावी अभियान शुरु गरेका छन् । मंगलबार बिहानैदेखि झापा-५ का विभिन्न स्थानमा पुगेर बालेनले सामुहिक छलफल शुरु गरेका हुन् । छलफलमा बालेनले स्थानीय समस्या बुझ्ने प्रयास गरिरहेको र छलफलमा राखिएका कुरा ध्यानपूर्वक सुनेको स्थानीयले बताएका छन् ।
स्थानीयले बालेनलाई रास्वपाको एजेण्डा के छ भन्ने प्रश्न गरेका थिए । एक स्थानीयले भने- कमल-५ भनेको पहिला देखि नै एमालेको गढ हो, तपाइँको एजेण्डा के के छन् त्यो पनि बुझ्न पाए हामीलाई राम्रो हुन्थ्यो । एमालेको गढ हामीले चिर्दैछौं । युवाहरुलाई देश सुम्पिनुछौँ । चुनाव आइसक्यो । बालेनका मात्र होइन, स्वतन्त्र पार्टीको एजेण्डा के के त ? भोली देशलाई दुई तिहाइ बहुमत दिएर बालेनजीलाई प्रधानमन्त्री बनाउने हो । हिजो जेनजी आन्दोलन हुदा यत्रो बच्चाहरु मरे । के को लागि भन्दा परिवर्तनको लागि । तर परिवर्तन भएन । देशले परिवर्तन पाएन । अब बालेनजीको यो योजना के छ त ? स्वतन्त्र पार्टीको एजेण्डा के छ त ? हामीले पनि बुझौ न । व्यक्तिगत भेटेर बुझ्ने भन्दा पनि सबैले बुझ्ने किसिमले बुझौ न भन्ने हो ।'
स्थानीयलाई जवाफ दिदै बालेनले फागुनको पहिलो सातामा मेनिफेस्टो सार्बजनिक गर्ने बताए । उनले भने एजेण्डा मेनिफेस्टो तयार पार्दैछौँ । हरेकको छुट्टा छुट्टै हुन्छ नि त । तपाइले बुझ्न खोजेको शिक्षाको होला स्वास्थ्यको होला पूर्वाधारको होला । सबैलाई सबै चिजको हुदैन नि त । फागुनको पहिलो साता सार्बजनिक गर्छौं । देश भरको अलग हुन्छ । यो क्षेत्रको एजेण्डा छुट्टै हुन्छ ।'
यसैबीच बालेनले कमला गाउँपालिकाका सुकम्बसी बस्तिमा पुगेर छलफल गरेका छन् । उनले काठमाडौँमा बाढीबाट बचाउन हटाउन खोजेको भन्दै हटाउन त्यसलाई गलत प्रचार गरिएको बताए । बालेनले झापाको अवस्था फरक रहेको, यहाँ असली सुकम्बासी भएकोले डोजर नचलाउने र आफुहरुले समस्या समाधान गर्ने बताए ।
बालेन आफ्नो निर्वाचन क्षेत्रका साथै कोशी प्रदेशका अन्य जिल्लामा पनि चुनावी अभियानमा सहभागी हुने रास्वपाले जनाएको छ। यसअघि सुदूरपश्चिम र कर्णाली पुगेका बालेन सोमबार मात्र झापा आएका हुन् ।