सुनचाँदीको मूल्य फेरी बढ्न थाल्यो, सुन तोलामा ३ हजार ७०० र चाँदीमा १३५ रुपैयाँको वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार छापावाल सुनको तोलाको ३ हजार ७ सयले बढेर २ लाख ९० हजार ३०० सयमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३५ रुपैयाँले बढेर ५ हजार ३३५ रुपौयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । केही दिन लगातार घटेको सुनचाँदीको मूल्य आज भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार छापावाल सुनको तोलाको ३ हजार ७ सयले बढेर २ लाख ९० हजार ३०० सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८६ हजार ६०० सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३५ रुपैयाँले बढेर ५ हजार ३३५ रुपौयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५ हजार २ सयमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार आठ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।