नेप्सेसँगै कारोबार रकममा पनि गिरावट
साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)घटेको छ । नेप्से परिसूचक १९.८५ अंकले घटेर २६९४.२० को विन्दुमा झरेको छ । आज नेप्से सूचकसँगै कारोबार पनि घटेको छ ।
काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)घटेको छ । नेप्से परिसूचक १९.८५ अंकले घटेर २६९४.२० को विन्दुमा झरेको छ । आज नेप्से सूचकसँगै कारोबार पनि घटेको छ । गत बिहीबार १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा आज कारोबार घट्दै ९ अर्ब १० करोड ९४ लाख रुपैयाँ बराबरको २ करोड २० लाख ६० हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
आज ट्रेडिङ उपसूचक बाहेक अन्य १२ वटै उपसूचकमा गिरवाट देखिएको छ । आज होटल तथा पर्यटन उपसूचक सबैभन्दा धेरै १.७५ प्रतिशतले र हाइड्रोपावर उपसूचक १.३६ प्रतिशतले घटेको छ । ट्रेडिङ उपसूचक भने ०.५५ प्रतिशतले वृद्धि भएको छ ।
नेप्से घटे तापनि मिथिला लघुवित्तको सेयरमूल्य ९.७० प्रतिशतले बढेको छ भने क्रेष्ट माइक्रो लाइफको ८.१९ प्रतिशतले बढेको छ । त्यस्तै एनआईबीएल ग्रोथ फण्डको मूल्य ६.५१ प्रतिशतले बढ्दा शिवश्री हाइड्रोपावरको ६.०७ प्रतिशतले बढ्न पुगेको छ ।
आइतबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता ३२६ रूपैयाँमा ५५ करोड ५२ लाख बराबरको सेयर कारोबार भएको हो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एसवाई प्यानल रहेको छ । उक्त कम्पनीको एक हजार ८४६ रूपैयाँमा ५३ करोड ६४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज बैंकको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले घटेको हो । त्यस्तै रावा इनर्जीको ९.३४ प्रतिशतले घटेको छ भने कालिका पावरको ७.३५ प्रतिशतले घटेको छ । हिमस्टार ऊर्जाको ६.६५ प्रतिशत, तेह्रथुम पावरको ६.३७ प्रतिशत, शुभम पावरको ५.५९ प्रतिशतले घटेको छ ।
आइतबार ५० कम्पनीको सेयरमूल्य बढेको छ भने २०१ वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन् ।