डिशहोम GO मा सशक्त नेपाली चलचित्र ‘एक भागवत र एक गीता’

विज्ञापन
ncell

यथार्थ परक र सीमान्तकृत समुदायको आवाजलाई सशक्त रूपमा प्रस्तुत गरिएको चलचित्र “एक भागवत र एक गीता’ अब डिशहोम गो (GO) मा दर्शकहरुलाई उपलब्ध भएको छ । कथाबस्तु कमला माई (विपिन कार्की ) को वरपर घुमेको छ ।

काठमाडौं । यथार्थ परक र सीमान्तकृत समुदायको आवाजलाई सशक्त रूपमा प्रस्तुत गरिएको चलचित्र “एक भागवत र एक गीता’ अब डिशहोम गो (GO) मा दर्शकहरुलाई उपलब्ध भएको छ ।

कथाबस्तु कमला माई (विपिन कार्की ) को वरपर घुमेको छ । जनकपुर वरपरका तेस्रो लिंगी समुदायको नेतृत्व र संरक्षणगर्दै समाजमा व्याप्त भेदभाव, पूर्वाग्रह र मानवीयताका लागि लडिएको घटनाक्रमलाई मार्मिक रुपले प्रस्तुत गरिएको ‘एक भागवत र एक गीता’चलचित्रले समावेशिता, समानता र मानव अधिकारको वकालत गरेको छ ।

यो चलचित्र नेपालभित्र रु। २२५ र नेपाल बाहिर USD १=९९ तिरेर डिशहोम न्इ मा दर्शकहरुले हेर्न सक्नेछन्।

झरना थापाको निर्देशनमा बनेको यो चलचित्रमा विपिन कार्की, सुहाना थापा, धिरज मगर, जभिस र जभिन श्रेष्ठ तथा कबीर खड्काको प्रभावशाली अभिनय रहेको छ।