पर्यटन बोर्डलाई प्राधिकरणमा रुपान्तरण गर्नुपर्छ: अध्यक्ष शाह

विज्ञापन
ncell

होटल संघ, नेपाल (हान)का अध्यक्ष विनायक शाहले हालको नेपाल पर्यटन बोर्डलाई प्राधिकरणमा रुपान्तरण गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । होटलहरुमा खर्बौ लगानी भएपनी उपयोग हुन नसकेको उनले बताए ।

काठमाडौं । होटल संघ, नेपाल (हान)का अध्यक्ष विनायक शाहले हालको नेपाल पर्यटन बोर्डलाई प्राधिकरणमा रुपान्तरण गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार राजधानीमा आयोजित गरेको राजनीतिक पार्टीहरुको चुनावी घोषणापत्रमा आर्थिक एजेन्डाको विषयमा गरेको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष शाहले यस्तो बताएका हुन् । सार्वजनिक–निजी साझेदारीको रुपमा (पीपी) मोडलमा सञ्चालित पर्यटन बोर्डले होटल तथा पर्यटनको क्षेत्रमा जति काम गर्नुपर्ने थियो सो गर्न नसकेको र यसको भूमिकामा समेत प्रश्न उठेको भन्दै अध्यक्ष शाहले बोर्डलाई प्राधिकरणमा लैजादा सहज हुने बताए । 

होटलहरुमा खर्बौ लगानी भएपनी उपयोग हुन नसकेको उनले बताए । दलको घोषणापत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै अध्यक्ष शाहले होटल क्षमताको पूर्ण उपयोग हुने गरी सांसदहरुले नीति बनाइदिन अनुरोध गरे । 

पर्यटन, होटल नीति कर्मचारी केन्द्रित भएको भन्दै व्यवसायीहरुलाई समस्या हुने गरेको गुनासो गरे । नेपाल भित्रिने विदेशी पर्यटक पर्यटकहरुको खर्च कम्तीमा पनि एक सय डलर र कम्तीमा २ हप्ता बसाई हुनुपर्छ उनले बताए।