आयल निगमले बढायो डिजेल र मट्टितेलको भाउ, पेट्रोलको यथावत् राख्दा हवाई इन्धनको घटायो
समायोजित मूल्य अनुसार अब डिजेल र मट्टितेल पहिलो वर्गमा १३६ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ । यस्तै, दोस्रो र तेस्रो वर्गमा क्रमशः १३८ र १३९ रुपैयाँमा कारोबार हुनेछ । पेट्रोलको भाउ निगमतले यथावत् नै राखेको छ।
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ ।
निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरि डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । समायोजित मूल्य अनुसार अब डिजेल र मट्टितेल पहिलो वर्गमा १३६ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ । यस्तै, दोस्रो र तेस्रो वर्गमा क्रमशः १३८ र १३९ रुपैयाँमा कारोबार हुनेछ । पेट्रोलको भाउ निगमतले यथावत् नै राखेको छ।
निगमले हवाई इन्धनको आन्तरिकतर्फ प्रति लिटर १ रुपैयाँ घटाएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटरमा ७ अमेरिकी डलर घटाएको छ । पोखरा र भैरहवामा ब्रेक इभन प्वाइन्टमा बिक्री मुल्य कायम राखेको निगमले जनाएको छ ।
त्यस्तै निगमले ग्यासमा प्रति सिलिण्डर ४५.४९ रुपैयाँ बढेर आएपनि मुल्य यथावत राखेको निगमले जनाएको छ ।