नक्कली पर्यटक उद्धारको धन्दा गर्ने ट्राभलका ६ सञ्चालक पक्राउ, यी हुन् ठगी गर्ने कम्पनी

विज्ञापन
ncell

माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सुभास केसी छन् ।

 काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकलाई पक्राउ गरेको छ । सीआईबी प्रमुख तथा एआईजी मनोज केसीले फेक रेस्क्यूमा नक्कली कारोबार गर्ने र पर्यटक ठगीमा संलग्नहरूलाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।

सीआईबीले अदालतबाट पक्राउ अनुमति लिएर माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सुभास केसी छन् । उनीहरूमाथि राष्ट्रहित कसुरमा, आपराधिक लाभको कसुर र संगठित अपराधमा र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी छ ।

जयराम र विवेक माउन्टेन रेस्क्यू सर्भिसका, नेपाल चार्टर सर्भिस प्रालिका रविन्द्र अधिकारी र विवेकराज थपलिया, एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिका मुक्ति पाण्डे र सुभाष केसी हुन् ।

‘विदेशी सञ्चारमाध्यममा आएका समाचार र प्राप्त उजुरीका आधारमा सुरुमा आर्थिक लेनदेनको विषय मात्र होला भन्ने अनुमान गरिएको थियो,’ केसीले भने, ‘तर साढे दुई महिनासम्म छुट्टै कार्यदल बनाएर अनुसन्धान गर्दा यसका धेरै पाटाहरू खुलेका छन् ।’

उनका अनुसार विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा करिब ३५ प्रतिशत उद्धार नक्कली हुने गरेको दाबी आएको थियो। उद्धारबाहेक अन्य प्रयोजनका लागि पनि हेलिकप्टर उडान गरिने गरेको तथ्य बाहिर आएको उनले बताए । पर्यटन मन्त्रालयले पनि यस विषयमा छुट्टै समिति बनाएर अनुसन्धान गरेको थियो । ‘२०८२ असोजमा हामीलाई थप उजुरी प्राप्त भयो,’ केसीले भने,‘अहिले पनि नक्कली उद्धार भइरहेको छ भन्ने उजुरी आइरहेका छन् ।’ उनीहरुले अधिकांश लुक्लाबाट फेक रेस्क्यु गरेको केसीले बताए । सीआईबीले २ हजार भन्दा बढी रेस्क्युको अनुसन्धान गरेको थियो