एनआईसी एसिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट

विज्ञापन
ncell

एनआईसी एसियाका ग्राहकहरुले देवदह मेडिकल अस्पतालमा सेवा लिँदा ओपीडीमा ५० प्रतिशत, नर्मल बेड चार्जमा २५ प्रतिशत, आईसीयू, एआईसीयू, सीसीयूमा १० प्रतिशत, सर्जरीमा १५ प्रतिशत, ल्याब चार्जमा १५ प्रतिशत, एक्सरेमा १५ प्रतिशत छुट पाउनेछन् ।

काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरुलाई देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवा लिई डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।

यस बैंकका ग्राहकहरुले यस अस्पतालमा सेवा लिँदा ओपीडीमा ५० प्रतिशत, नर्मल बेड चार्जमा २५ प्रतिशत, आईसीयू, एआईसीयू, सीसीयूमा १० प्रतिशत, सर्जरीमा १५ प्रतिशत, ल्याब चार्जमा १५ प्रतिशत, एक्सरे १५ प्रतिशत (सिटी एमअर)मा र अन्य सेवाहरुमा १० प्रतिशत छुट सुविधा पाउनेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त अस्पतालसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रबर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।