देशका धेरै ठाउँमा गएरातिदेखि भीषण बर्षा, कहाँ कहाँ छ बाटो अबरुद्ध

विज्ञापन
ncell

कर्णाली प्रदेशमा पर्ने रुकुम पश्चिमको बाँफीकोटमा सबैभन्दा धेरै १४६.६ मिलिमिटर वर्षा मापन भएको छ । निरन्तरकाे बाढीले राजमार्गमा पहिराेकाे जाेखिम बढेकाे छ ।

काठमाडौं । देशका धेरै ठाउँमा गएरातिदेखि अहिलेसम्म पानी परिरहेको छ । काठमाडाै अासपासमा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको बाह्रबिसेमा मापन भएको छ । 

त्यहाँ ६ घण्टाको अवधिमा ८२.२ मिलिमिटर वर्षाका भएको छ । सिन्धुपाल्चोककै बाहुनेपाटीमा ४६.४, मानेखर्कमा ३८ र चन्द्रखुमा ३०.८ मिलिमिटर पानी परेको छ ।माैसम पूर्वानुमान शाखाका अनुसार बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ । यसैगरी कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा भारी वर्षा भएको छ । 

कर्णाली प्रदेशमा पर्ने रुकुम पश्चिमको बाँफीकोटमा सबैभन्दा धेरै १४६.६ मिलिमिटर वर्षा मापन भएको छ । निरन्तरकाे बाढीले राजमार्गमा पहिराेकाे जाेखिम बढेकाे छ । दशैमा घर जानेहरुले सतर्कता अपनाएर यात्रा गर्नु पर्ने देखिएकाे छ ।



बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८२।०६।१३ गते ०८:३० बजे सम्म


१. जि.रसुवा: बाढीले  नेपाल र चिन नाका जोड्ने मितेरी पुल क्षति भएको ।

मिति २०८२।०३।२४ गते अं.०३:०० बजेको समयमा जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं.-२  स्थित रसुवागढीमा  बाढी आई नेपाल र चिन नाका जोड्ने पुलमा क्षति भई सवारी साधन आवत-जावत बन्द भएको 

२.  जि.संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध ।

मिति २०८२।०२।०६ गते १२:०० बजेको समयमा जि. संखुवासभा भोटखोला गा.पा.४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा अवरोध भएको । बर्षातको अबधिभर सुचारु हुन नसक्ने 

३.जिल्ला संखुवासभा मकालु गा.पा.३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पुर्ण रुपमा अवरोध भएको ।

मिति २०८२।०५।१५ गते ००:०० बजे जिल्ला संखुवासभा मकालु गा.पा.३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पहिरो झरी बाटो पूर्ण रुपमा अवरोध भएको ।

४.जि. सिन्धुपाल्चोक भोटेकोशी गाउँपालीका ०२ बाह्रकिलो,अरनिको राजमार्ग अबरोध ।

मिति २०८२।०६।११।१३ गते अ. ०६:५० बजेको समयमा जि. सिन्धुपाल्चोक भोटेकोशी गाउँपालीका ०२ बाह्रकिलो स्थित अरनिको राजमार्गमा अबिरल बर्षाका कारण सडक माथिबाट पहिरो आई बाटो पूर्ण रुपमा अवरोध भएको ।

६.जि. रसुवा गोसाईकुण्ड गा.पा. वडा नं २ तातोपानी , पासाङ ल्हामु सडक खण्ड अबरोध ।

मिति २०८२।०६।१३ गते अं.०६:३० बजेको समयमा जि. रसुवा गोसाईकुण्ड गा.पा. वडा नं २ तातोपानी स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट ढुङगा माटो सहितको सुख्खा पहिरो झरी बाटो पूर्ण रुपमा अवरोध भएको ।