अमेरिकी डलर र पाउन्ड स्टर्लिङको भाउ घट्दा युरो बढ्यो, यस्तो छ आजको विनिमय दर

आज १ अमेरिकी डलरको खरिद दर १४०.२१ रुपैयाँ रहँदा बिक्री दर १४०.८१ रुपैयाँ छ । बुधबार १ अमेरिकी डलरको खरिद दर १४०.५९ रुपैयाँ रहँदा बिक्री दर १४१.१९ रुपैयाँ थियो ।

काठमाडौं । बिहीबार अमेरिकी डलर र बेलायती पाउन्ड स्टर्लिङको भाउ घट्दा युरोपियन युरो बढेको छ ।

आज १ अमेरिकी डलरको खरिद दर १४०.२१ रुपैयाँ रहँदा बिक्री दर १४०.८१ रुपैयाँ छ । बुधबार १ अमेरिकी डलरको खरिद दर १४०.५९ रुपैयाँ रहँदा बिक्री दर १४१.१९ रुपैयाँ थियो । यस्तै, १ युरोको खरिद दर आज १६६.०१ रुपैयाँ कायम भएको छ । बिक्री दर १६६.७२ रुपैयाँ छ । बुधबार १ युरोको खरिद दर १६५.९४ रुपैयाँ र बिक्री दर १६६.६५ रुपैयाँ थियो।

आज १ पाउन्ड स्टर्लिङको खरिद दर १९१.२७ रुपैयाँ र बिक्री दर १९२.०९ रुपैयाँ रहेको छ । हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १९१.६७ रुपैयाँ र बिक्री दर १९२.४८ रुपैयाँ थियो ।


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर