सुनकाे मूल्यमा लगातार वृध्दि, ताेलाकाे २ लाख ५ हजार ३ सय रुपैयाँ
काठमाडौं । प्रतितोला २ लाख नाघेपछि सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ ।
केही दिनयता मूल्य बढ्दै गएपछि सुनको भाउमा एकपछि अर्को रेकर्ड बन्न थालेको हो । आज सोमबार २ हजार बढेसँगै अर्को उच्च रेकर्ड बन्यो । आज प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४ सय २५ रुपैयाँ रहेको चाँदी आज २ हजार ४ सय ७० रुपैयाँ पुगेको छ ।