एन आई सी एशिया इक्विटी लिङ्कड इन्भेष्टमेण्ट स्किम माग गरिएभन्दा १.४८ गुणाभन्दा बढी आवेदन

एन आई सी एशिया क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धक र योजना व्यवस्थापक रही एन आई सी एशिया इक्विटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको पहिलो चरणमा बीज पूँजी सहित रु.१० अंकित दरका ५ करोडं इकाई साउन २९ गतेदेखि भदौ १२ गतेसम्म सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त समयमा बीज पूँजी सहित जम्मा ८२,८२८ जना आवेदकहरुबाटजम्मा रु.७,४०३,१६,००० बराबरको इकाई खरिदका लागि आवेदन प्राप्त भएको थियो । जुन पहिलो चरणमा माग गरिएको इकाइभन्दा १.४८ गुणाभन्दा बढी हो । 

एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम एन आई सी एशिया क्यापिटलबाट संचालित दोश्रो खुलामुखी योजना हो । उक्त योजनाको पहिलो चरणमा रु.१० अंकित दरका ५ करोड इकाई अर्थात रु.५० करोड बराबरको इकाई खरिदको लागि दरखास्त आह्वान गरिएको भएतापनि नेपाल धितोपत्र बोर्डबाट उक्त योजनाको आकार बीज पूँजी सहित रु.१ अर्व बराबरको १० करोड इकाई बिक्री गर्नका लागि स्वीकृत प्राप्त भएको तथा उक्त योजनाको स्वीकृत विवरण पत्रमा समेत अधिकतम सकारिने इकाई बीज पूँजी सहित १० करोड इकाई अर्थात रु. १ अर्व सम्म पु¥याउन सकिने व्यवस्था रहे बमोजिम एन आई सी एशिया इक्विटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई खरिदका लागि सार्वजनिक निष्काशनको समयमा रितपुर्वक आवेदन दिनुहुने सम्पूर्ण आवेदकहरुलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिनेछ ।