एन आई सी एशिया बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा स्वास्थ्य उपचारमा २० प्रतिशतसम्म छुट
एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिपी हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको सीपी हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्र ।
यस बैंकका ग्राहकले ओपीडी, प्याथोलोजी, एक्सरे, यूएसजी, इन्डोस्कपी, कोलोनस्कपी, नर्मल बेड, एचडीयू बेड\आईसीयू, एसी क्याबिन, सर्जरी, मेडिसिन, सीटी स्क्यानजस्ता सेवाहरुमा छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
यस सुविधाका लागि ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो.बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । यस सहकार्यले उक्त क्षेत्रमा यस बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।