सहुलियतपूर्ण कर्जा लिएका ऋणीको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्न राष्ट्र बैंककाे निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जा लिएका ऋणीको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै बैंकहरुलाई सहुलियतपूर्ण कर्जा लिएका ऋणीको छुट्टाछुट्टै विवरण आफ्नो वेबसाइटमार्फत त्रैमासिक रुपमा सार्वजनिक गर्न निर्देशन दिएको हो ।