एसियन लाइफ इन्स्योरेन्सको नाफा ५.७९ प्रतिशतले बढ्यो, बीमाशुल्क संकलनमा पनि सुधार
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्म १५ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७९ प्रतिशतले बढी हो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्म १५ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ । असोज मसान्तसम्म कम्पनीले २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो रकम २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ थियो । यसअनुसार कुल बीमाशुल्क आर्जन २२.१५ प्रतिशतले बढेको हो ।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २१.३७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब २८ करोड ४० लाख रुपैयाँ रहेको खुद बीमाशुल्क यस वर्ष बढेर २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब २५ करोड १२ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्म महाविपत्ति कोषमा ३४ करोड ५० लाख रुपैयाँ सञ्चित छ । गत वर्षको सोही अवधिमा उक्त कोषमा ३२ करोड ८८ लाख रुपैयाँ रहेको थियो । यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ ६७ करोड ३ लाख रुपैयाँ पुगेको छ भने अन्य इक्विटीमा ८ करोड ४० लाख रुपैयाँ रहेको छ । गत वर्षको असोज मसान्तमा रिटेन्ड अर्निङ ५२ करोड ६७ लाख र अन्य इक्विटी ९ करोड १४ लाख रुपैयाँ थियो ।
कम्पनीको जीवन बीमा कोषको आकार पनि विस्तार भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म जीवन बीमा कोषमा ५४ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ जम्मा भएको छ । गत वर्षको सोही अवधिमा ४८ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ रहेको कोष १२.३९ प्रतिशतले बढेको हो ।