मंगलबजारमा तिहारको रौनक (फोटोफिचर)
काठमाडौं । तिहार नजिकिएसँगै ललितपुरको मंगल बजारमा चहलपहल बढेको छ। बजारमा मखमली माला, रंगीन दीप तथा भाइ मसलाका सामग्री बिक्रीका लागि राखिएका छन्। भाइटीकाका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको भीड लाग्न थालेपछि बजारमा तिहारको रौनक छाएको छ।