चितवनमा अवस्थित लजले ‘लिडिङ वाइल्डलाइफ लज, टेन्टेड क्याम्प’ विधामा अवार्ड जित्न सफल

काठमाडौं । नेपालमा सञ्चालित जगतपुर लज बाइ अन्नपूर्ण दक्षिण एसियाली ट्राभल अवार्ड्स (साटा) २०२६ को विजेता घोषित भएको छ। चितवनमा अवस्थित यस लजले ‘लिडिङ वाइल्डलाइफ लज, टेन्टेड क्याम्प’ विधामा अवार्ड जित्न सफल भएको हो।

साउथ एसियन ट्राभल अवार्ड्स (साटा) सचिवालयले सेप्टेम्बर १, २०२६ मा जगतपुर लज बाइ अन्नपूर्णलाई 
विजेता घोषित गरेको छ। पर्यटन, ट्राभल तथा आतिथ्य क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने संस्थालाई सम्मान 
गर्दै आएको साटाको यस सम्मानले नेपालको वन्यजन्तु पर्यटन र आतिथ्य सेवाको पहिचानलाई थप उचाइ 
दिने अपेक्षा गरिएको छ।

नेपालको पर्यटन क्षेत्रका लागि वन्यजन्तु, प्रकृति र अनुभवमा आधारित पर्यटन महत्त्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो। जगतपुर लज बाइ अन्नपूर्णले प्राप्त गरेको यो सम्मानले नेपालको प्राकृतिक पर्यटन गन्तव्य र स्तरीय आतिथ्य सेवाको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ।