सेयर कारोबार बन्द, १२ गते सोमबार मात्रै खुल्ने
नेप्सेमा सामान्यतया आइतबारदेखि बिहीबारसम्म नियमित कारोबार हुँदै आएको छ ।
काठमाडौं । इन्द्रजात्रा पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएसँगै भोलि शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार बन्द हुने भएको छ।
सरकारले इन्द्रजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा घोषणा गरेकाले त्यसको प्रभाव सेयर बजारमा समेत पर्ने भएको हो । सार्वजनिक बिदाका दिन नेप्सेको नियमित कारोबार सञ्चालन नहुने भएकाले लगानीकर्ताले शुक्रबार सेयर खरिद–बिक्री गर्न पाउने छैनन् ।
नेप्सेमा सामान्यतया आइतबारदेखि बिहीबारसम्म नियमित कारोबार हुँदै आएको छ । सार्वजनिक बिदा परेका दिन भने बजार बन्द रहने व्यवस्था छ ।
शुक्रबार कारोबार बन्द भएपछि अब सेयर बजार असोज १२ गते सोमबारदेखि नियमित रूपमा सञ्चालन हुनेछ । सो दिनदेखि नेप्सेको नियमित कारोबार तालिकाअनुसार सेयर खरिद–बिक्री पुनः सुरु हुनेछ ।
