सिटिजन्स बैंकको साधारण सभा आह्वान, बोनस र नगद लाभांश पारित गरिने

विज्ञापन
ncell

त्यसअनुसार असोज १८ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांशका लागि योग्य हुनेछन् ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आगामी असोज २८ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको असोज ६ गते बसेको ५२२औँ सञ्चालक समिति बैठकले वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । सभाले ३.८९ प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

त्यस्तै, चालु आर्थिक वर्षका लागि बैंकको लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । वार्षिक साधारण सभामा सहभागी हुने प्रयोजनका लागि बैंकले असोज १९ गते एक दिन सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने भएको छ ।

त्यसअनुसार असोज १८ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांशका लागि योग्य हुनेछन् ।