आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

विज्ञापन
ncell

मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ रहेको थियो ।

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन १ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ रहेको थियो ।

यस्तै बुधबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय १५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँ थियो ।