आज सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ किनबेच ?

विज्ञापन
ncell

शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर ३ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।