कालिका लघुवित्तले बिक्रीमा ल्यायो १२ हजार १८४ कित्ता संस्थापक सेयर

विज्ञापन
ncell

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट कुनै पनि लिखित आवेदन नपरेपछि संस्थाले अन्य व्यक्ति तथा कम्पनीले समेत खरिद गर्न सक्ने गरी सेयर बिक्रीमा राखेको हो ।

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार १८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो ।

यसअघि संस्थाले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिने सूचना जारी गरी उक्त सेयर खरिदका लागि आवेदन माग गरेको थियो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट कुनै पनि लिखित आवेदन नपरेपछि संस्थाले अन्य व्यक्ति तथा कम्पनीले समेत खरिद गर्न सक्ने गरी सेयर बिक्रीमा राखेको हो ।

अब संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित संस्थाको पोखरास्थित केन्द्रिय कार्यालयमा लिखित आवेदन पेश गर्नुपर्नेछ ।

संस्थाका अनुसार आवेदन सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र केन्द्रीय कार्यालयमा बुझाइसक्नुपर्नेछ । प्राप्त आवेदन तथा संस्थाले तोकेको प्रक्रियाका आधारमा संस्थापक सेयर बिक्री गरिनेछ ।

संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवेदनसँगै आवश्यक विवरण तथा कागजातसमेत पेश गर्नुपर्नेछ । यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै बिक्री प्रक्रिया अघि बढाइएको भए पनि तोकिएको अवधिमा आवेदन नपरेपछि अन्य व्यक्ति तथा कम्पनीका लागि समेत सेयर खरिदको अवसर खुला गरिएको हो ।