केपी ओली शैय्यामाथि ढलेको छैन, अझै खडा छः ओली
धेरै बाँणको वर्षा भएपछि भीष्म पितामह महाभारतको युद्धमा बाँण शैय्यामा ढलेको भएपनि आफू अझै खडा रहेकाले दृढताका साथ अघि बढ्ने बताए ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुले खुट्टा ताने पनि एमाले आफ्नो काममा दृढताका साथ लाग्ने बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुने् । उनले केन्द्रिय कमिटीको बैठकबाट एमालेले के गर्छ भन्ने संकल्पसहित अघि बढ्ने बताए ।
सञ्चारमाध्यमहरुमा पार्टी फुटाउने, अध्यक्ष अमुक व्यक्ति बन्ने भन्दै प्रचार गरिएको भएपनि त्यो सफल नहुने बताए । उनले विरोधीले खुट्टा तानेर एमालेलाई केही फरक नपर्ने बताए । धेरै बाँणको वर्षा भएपछि भीष्म पितामह महाभारतको युद्धमा बाँण शैय्यामा ढलेको भएपनि आफू अझै खडा रहेकाले दृढताका साथ अघि बढ्ने बताए ।
७४ वर्षको उमेरमा पनि अमरसिंह थापाले युद्ध लडेको स्मरण गर्दै उनले आफू कलम लिएर युद्धमा रहेको जिकिर गरे । अध्यक्ष ओलीले नेपाली जनताले सच्याएर अघि बढ्नुपर्ने भन्दै अराजकतालाई जित्न दिन नहुने बताए । एमाले सही गन्तव्यका साथ अघि बढिरहेकाले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी पनि एमालेको काँधमा रहेको बताए ।
