शीतलनिवासमा संविधान दिवसको विशेष समारोह, प्रधानमन्त्री पनि सहभागी

विज्ञापन
ncell

समारोहमा पूर्वप्रधानमन्त्री, सांसद, विभिन्न राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका प्रमुखहरूको समेत उपस्थिति थियो ।

काठमाडौं । आज संविधान दिवसको अवसर पारेर राष्ट्रपति निवास शीतलनिवासमा एक विशेष कार्यक्रम आयोजना भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको उक्त समारोहमा सहभागी हुनका लागि सभामुख डोलप्रसाद अर्याल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन शाहसहित उच्च पदस्थ अधिकारीहरू शीतलनिवास पुगेका थिए ।

समारोहमा पूर्वप्रधानमन्त्री, सांसद, विभिन्न राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका प्रमुखहरूको समेत उपस्थिति थियो ।