माधव नेपालको चिन्ता-‘नेपाल कतै विदेशीहरुको खेलमैदान पो बन्ने हो कि’
उनले नेपालजस्तो भूपरिवेष्टित मुलुकले दुई ठूला छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्दै राष्ट्रिय स्वाभिमान र सम्मानको रक्षा गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्ने बताए ।
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठूलो संकटबाट गुज्रिरहेको टिप्पणी गरेका छन् । शुक्रबार अखिल नेपाल किसान महासंघको केन्द्रिय समितिको पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।
उनले नेपाल कतै विदेशीहरुको खेलमैदान त बन्ने होइन ? भन्दै चिन्ता व्यक्त गररे । उनले नेपालजस्तो भूपरिवेष्टित मुलुकले दुई ठूला छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्दै राष्ट्रिय स्वाभिमान र सम्मानको रक्षा गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्ने बताए । उनले मुलुकको राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र संविधान निर्माणमा आफूहरुको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै संघीयताको रक्षा गर्ने जिम्मेवारी पनि आफूहरुकै काँधमा पुगेको जिकिर गरे ।
गणतन्त्र, संविधान र संघीयता संरक्षण र सुदृढीकरणका सबै पक्षको सहयोग आवश्यक रहेको पनि बताए । उनले नेपाल राष्ट्रिय राजनीतिमा नेकपाको महत्वपूर्ण रहेको पनि बताए । उनले लोकतन्त्र, गणतन्त्र र संविधान र संघीयताको संरक्षणका लागि विचार मिल्ने तथा लोकतन्त्रका लडेका पार्टीहरु एक भएर अघि बढ्नुपर्ने बताए । उनले कृषिको आधुनिकीकरण र यान्त्रिकरणमार्फत कृषि क्रान्ती अगाडि बढाउनुपर्ने बताए ।
