अख्तियारले राष्ट्रपतिसमक्ष पेस गर्यो वार्षिक प्रतिवेदन
नेपालको संविधान तथा प्रचलित कानुनी व्यवस्थाअनुसार अख्तियारले प्रत्येक आर्थिक वर्षमा आफूले सम्पादन गरेका कामकारबाही समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने व्यवस्था छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राइले सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
नेपालको संविधान तथा प्रचलित कानुनी व्यवस्थाअनुसार अख्तियारले प्रत्येक आर्थिक वर्षमा आफूले सम्पादन गरेका कामकारबाही समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने व्यवस्था छ ।
प्रतिवेदनमा भ्रष्टाचार तथा अनियमिततासम्बन्धी उजुरीमाथि भएका अनुसन्धान, मुद्दा दायर, भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि आयोगले गरेका गतिविधिलगायतका विषय समेटिएका छन् ।