सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा

विज्ञापन
ncell

एपमार्फत सडकमा भएका खाल्डाखुल्डी, सडक क्षति, पानी जम्ने समस्या, ट्राफिक सुरक्षा तथा सडक निर्माणसँग सम्बन्धित समस्या फोटोसहित रिपोर्ट गर्न व्यवस्था रहेको डिभिजन प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिए ।

काठमाडौं । सडक डिभिजन काठमाडौंले सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी तत्काल उपलब्ध गराउन सकिने गरी ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।  एक कार्यक्रमकाबीच डिभिजनले काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरुलाई एपबारे ब्रिफिङ गराएको हो ।

एपमार्फत सडकमा भएका खाल्डाखुल्डी, सडक क्षति, पानी जम्ने समस्या, ट्राफिक सुरक्षा तथा सडक निर्माणसँग सम्बन्धित समस्या फोटोसहित रिपोर्ट गर्न व्यवस्था रहेको डिभिजन प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिए । उनले उक्त एपको बिहीबार औपचारिक रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको समेत बताए ।

उनकाअनुसार समस्या रिपोर्ट गरिसकेपछि समस्या देखिएको स्थान एपले जीआईएस म्यापिङमार्फत पहिचान गर्नेछ । प्रयोगकर्ताले आवश्यक परे ठेगाना खोजेर स्थानसमेत निर्धारण गर्न सक्ने उनले बताए । देवकोटाले समस्या दर्ता गर्दा फोटो, समस्याको प्रकार, गम्भीरताको स्तर र नजिकको चिनारी स्थान राख्नुपर्ने बताए ।

उनले काठमाडौं उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन कार्यालय यसअघि नै ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ परिचालन गरेको गरिसकेको समेत जानकारी दिए । उनले सडकलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले कार्यालयले मर्मत अभियानलाई तिब्रता दिएको दिएको बताए ।  उनले विस्तारै यो प्रणालीसँग भक्तपुर र ललितपुरलाई समेत जोडिने बताए ।