पहिरो र बाढीका कारण पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध

पहिरो र बाढीका कारण चितवन र गोरखाका दुई सडकखण्ड अवरुद्ध भएका छन् ।

काठमाडौं । पहिरो र बाढीका कारण चितवन र गोरखाका दुई सडकखण्ड अवरुद्ध भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विवरणअनुसार चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा कात्तिक २३ गते बिहान ५ बजे पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । उक्त सडकखण्ड कात्तिक २५ गते बिहान ५ः१५ बजे एकतर्फी सञ्चालनमा आएको छ ।

त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ । उक्त सडकखण्ड असोज २५ गते बिहान ५ः३० बजेदेखि अवरुद्ध भएको विवरणमा उल्लेख छ ।

शनिबार बिहान ६ः१५ बजेसम्मको विवरणअनुसार गोरखाको उक्त सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।