बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मतका क्रममा बैंकको भल्ट भेटियो

विज्ञापन
ncell

विदुर नगरपालिका–३ र बेलकोटगढी नगरपालिका–७ जोड्ने बुधसिंघाटस्थित क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत गर्ने क्रममा उक्त लकर फेला परेको हो ।

नुवाकोट । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीले बगाएको बैंकको थप एक सेफ (भल्ट/लकर) नुवाकोटमा फेला परेको छ ।

विदुर नगरपालिका–३ र बेलकोटगढी नगरपालिका–७ जोड्ने बुधसिंघाटस्थित क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत गर्ने क्रममा उक्त लकर फेला परेको हो ।

बाढीबाट क्षतिग्रस्त पुलको मर्मतसम्भारका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितको संयुक्त सुरक्षा टोली परिचालन गरिएको थियो । सोही क्रममा लकर फेला परेपछि सुरक्षाकर्मीको टोलीले त्यसलाई तत्काल नियन्त्रणमा लिएर सुरक्षित राखेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फेला परेको लकर कुन बैंकको हो र त्यसमा के–कति धनमाल रहेको छ भन्नेबारे थप विवरण खुल्न बाँकी छ ।