दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रस्ताव

विज्ञापन
ncell

उनले पछिल्लो समय मुलुकमा घटिरहेका विपद्का घटनाहरुलाई दैवीप्रकोप भन्न नमिल्ने बताए । सांसद खरेलले बाढी, पहिरो, डुबान, कटान तथा भूकम्पलगायतका विपद्लाई दैवी प्रकोप नभई मानव सिर्जित वा प्राकृतिक विपद्का रूपमा बुझ्नुपर्ने बताए ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रस्ताव गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले पछिल्लो समय मुलुकमा घटिरहेका विपद्का घटनाहरुलाई दैवीप्रकोप भन्न नमिल्ने बताए । सांसद खरेलले बाढी, पहिरो, डुबान, कटान तथा भूकम्पलगायतका विपद्लाई दैवी प्रकोप नभई मानव सिर्जित वा प्राकृतिक विपद्का रूपमा बुझ्नुपर्ने बताए ।

उनले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन, २०७४ तथा त्यसअन्तर्गत बनेको नियमावलीले दैवी प्रकोपसम्बन्धी पुरानो कानुनी व्यवस्थालाई विस्थापित गरिसकेको उल्लेख गरे ।  

खरेलले २०३९ सालमा बनेको दैवीप्रकोप उद्धार ऐन विस्थापित भइसकेकाले सोहीअनुसार सरकारी कोषको नामसमेत परिवर्तन बताएका हुन् ।