सम्पती शुद्धीकरण अनुसन्धान विभागका डिजीलाई कञ्चटमा पेस्तोल भिराएको विषयमा काँग्रेसले माग्यो सरकारसँग जवाफ

विज्ञापन
ncell

यसअघि सत्तारुढ दल रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसद अमरेशकुमार सिंहले सरकारले राति १ बजे पेस्तोल भिराएर रेडकर्नर नोटिस जारी गर्न लगाउने जस्ता कार्य गरेको भन्दै सरकारको आलोचना गरेका थिए ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले मध्यराती पेस्तोल भिराएर सम्पती शुद्धीकरण विभागका महानिर्देशकलाई रेडकर्नर नोटिस जारी गराउन लगाइएको विषयमा सरकारसँग जवाफ माग गरेको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद चन्द्रमोहन यादवले यस घटनाबारे सरकारसँग जवाफ माग गरेका हुन् । यसअघि सत्तारुढ दल रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसद अमरेशकुमार सिंहले सरकारले राति १ बजे पेस्तोल भिराएर रेडकर्नर नोटिस जारी गर्न लगाउने जस्ता कार्य गरेको भन्दै सरकारको आलोचना गरेका थिए ।

सांसद यादवले सरकार र सत्तारुढ दलका सांसदहरुको अभिव्यक्ति लोकतान्त्रिक मूल्यमान्यताविपरित रहेको भन्दै आलोचना समेत गरे । उनले सांसदहरुले प्रश्न गर्दा मन्त्रीले धम्कीपूर्ण भाषा प्रयोग गरेको विषयमा पनि आपत्ति जनाए । उनले लोकतन्त्रको मूल्य भयरहित समाजको निर्माण भएको भएको भन्दै यस सम्बन्धमा सरकारले जवाफ दिनुपर्ने बताए ।