सरकारले भोटेकोशी-त्रिशूली करिडोरका जलविद्युत आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्नुपर्छः कुलमान घिसिङ

विज्ञापन
ncell

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निजी क्षेत्रका लगानीकर्ताको मनोबल बढाउन सरकारले भोटेकोशी-त्रिशूली करिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाको लागि विशेष प्याकेज घोषणा गर्नुपर्ने बताएका छन् ।

काठमाडौं ।  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निजी क्षेत्रका लगानीकर्ताको मनोबल बढाउन सरकारले भोटेकोशी-त्रिशूली करिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाको लागि विशेष प्याकेज घोषणा गर्नुपर्ने बताएका छन् । 

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बाढीले क्षति पुगेका निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजनाका लगानीकर्तारुलाई प्रोत्साहन गर्न भन्सार छुट तथा सहुलियतसहित प्याकेज ल्याउनुपर्ने बताए ।

उनले अगामी दिनमा सुरुङ तथा पावरहाउसहरुमा सुरक्षाको विषयलाई पनि गम्भीर रुपमा हेर्नुपर्ने बताए । उनले विपद्को समयमा कर्मचारीहरु सुरुङ तथा पावरहाउसबाट सजिलै निस्कन मिल्नेगरी आपतकालीन निकासद्वार समेत बनाउनुपर्नेमा जोड दिए । उनले बाढीपछिको प्रतिकार्यमा उर्जा मन्त्रालयको भुमिकामाथि पनि प्रश्न उठाए ।

ऊर्जा मन्त्रालयले आफ्नो नेतृत्वदायी भुमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको महसुस भएको उनको भनाइ छ । जलविद्युत् आयोजनाको उद्धार लगायतका काममा मन्त्रालयले अपेक्षित रूपमा पहल गर्न घिसिङ बताए । उनले जलविद्युतको आयोजना तथा उर्जा क्षेत्रको विस्तार र विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।