रास्वपा महामन्त्रीको प्रश्न: सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने कसरी पत्याउने ?

विज्ञापन
ncell

राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद्को पुनर्निर्माणको गति सुस्त हुँदा रसुवा र नुवाकोटलगायतका क्षेत्रका नागरिकले आफ्नो पुनर्निर्माण पनि प्रभावकारी रूपमा अघि बढ्नेमा कसरी विश्वास गर्ने ? उनले प्रश्न गरे ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री समेत रहेका सांसद विपिन कुमार आचार्यले जेनजी आन्दोलनमा क्षति भएका सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।विहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले निजी क्षेत्रले क्षतिग्रस्त व्यापारिक केन्द्रहरूलाई तीव्र गतिमा पुनर्निर्माण गरिसकेपनि सरकारी संचरना भने निर्माण हुन नसकेको बताएका हुन् ।

राज्यका प्रमुख संरचनाको पुनर्निर्माण भने अझै सुस्त रहेको उनको भनाई छ । सिंहदरबार र संसद लगायतका भवन हालसम्म पनि जस्ताकोतस्तै रहेको बताए । राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद्को पुनर्निर्माणको गति सुस्त हुँदा रसुवा र नुवाकोटलगायतका क्षेत्रका नागरिकले आफ्नो पुनर्निर्माण पनि प्रभावकारी रूपमा अघि बढ्नेमा कसरी विश्वास गर्ने ? उनले प्रश्न गरे ।

उनले पुनर्निर्माणमा देखिएका नीतिगत तथा व्यावहारिक कमजोरी तत्काल पहिचान गरी कामको गति बढाउन सरकारसँग आग्रह गरे ।