नेप्से घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

विज्ञापन
ncell

बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा पुगेको हो ।

काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा पुगेको हो । नेप्से परिसूचक घट्दा कारोबार रकममा पनि बुधबारको तुलनामा कमी आएको छ । यसदिन ३४१ वटा स्क्रिप्सको १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता सेयर ४ अर्ब ९ लाख ७१ हजार ८९८ रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो दिन बुधबार नेप्से परिसूचक १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा अडिएको थियो। सो दिन ४ अर्ब १९ करोड मूल्य बराबरको कारोबार भएको थियो ।

कारोबारमा आएकामध्ये ६८ वटा स्टक्सको मूल्य बढ्दा १९९ वटाको घट्यो । ११ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो । यसदिन लिबर्टी इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । दोल्टी पावरको सेयर ८.२२ प्रतिशतले बढ्दा अपर लोहोरे खोला हाइड्रोपावरको ७.०२ र इनर्जी नेपालको ५.४६ प्रतिशतले बढ्यो ।

सिन्धु विकास बैंकका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए । सो बैंकको सेयर १४.९८ प्रतिशतले घट्यो। यस्तै प्रभु सेलेक्ट फण्डको सेयर १०.२२ प्रतिशतले घट्दा प्रभु स्मार्ट फण्डको ९.३० प्रतिशतले घट्यो ।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्ष स्थानमा रह्यो । सो कम्पनिको ४५ करोड मूल्य बढिको सेयर कारोबार भयो । रिलायन्स स्पिनिङ्गस मिल्सले २१ करोडको कारोबार गर्दा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले १९ करोड,नेपाल एसबीआई बैंकले १६ करोड र रिडी पावरले ११ करोड मूल्य बराबरको कारोबार गरे । दोहोरो अंकले घटेको सेयर बजारमा १३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन् ।