विपद् प्रतिकार्यमा विपक्षी दलहरु सरकारसंगै छौं: एमाले सचिव अर्याल
उनले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत वितरण कार्यमा विपक्षी दलहरु सरकारको साथमा रहेको पनि बताइन् ।
काठमाडौं । नेकपा (एमाले)की सचिव पद्मा अर्यालले विपद्को समयमा सबै राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् प्रतिकार्यमा जुट्नुपर्ने बताएकी छन्।
बिहीबार सिंहदरबारमा नेपाली काँग्रेसले आह्वान गरेको विपक्षी दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत वितरण कार्यमा विपक्षी दलहरु सरकारको साथमा रहेको पनि बताइन् । उनले विपद् प्रतिकार्यको पहिलो चरणको काम सम्पन्न भइसकेपछि मात्र राजनीतिक एजेण्डा अगाडि बढाउने विषयमा पनि बैठकमा छलफल भएको बताइन् ।
उनले सिंगो मुलुक नै विपत्तीमा परेको समयमा दलहरुका राजनीतिक मुद्दाहरु गौण हुने बताइन् । १० भदोमा रसुवाको भोटेकोशी-त्रिशूली करिडोरमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ ।
