कानूनमन्त्रीलाई काँग्रेस सांसदले सोधिन्- राष्ट्रिय सभाले कुन-कुन कानून निर्माणमा अवरोध गरेको छ ?

विज्ञापन
ncell

नेपाली काँग्रेसकी सांसद निनु कुमारी कर्णले राष्ट्रिय सभाले कुन-कुन कानून निर्माणमा अवरोध गरेको हो रु भन्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई प्रश्न गरेकी छन् ।

काठमाडौं । नेपाली काँग्रेसकी सांसद निनु कुमारी कर्णले राष्ट्रिय सभाले कुन-कुन कानून निर्माणमा अवरोध गरेको हो रु भन्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई प्रश्न गरेकी छन् ।  बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले मन्त्री गौतमले आफ्नो असक्षमता ढाकछोप गर्न राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नहुँदा कानून बनाउन पाएनौँ भन्दै हिँडेको आरोप पनि लगाइन् । मन्त्री गौतमले केही दिन अघि राष्ट्रिय सभामा रास्वपाको बहुमत नभएको कारण जनताले चाहेजस्तो कानुन निर्माण गर्न नसकिएको टिप्पणी गरेकी थिइन् । 

सांसद कर्णले फैसला कार्यान्वयनमा भइरहेको ढिलाइप्रति पनि सरकारको ध्यानाकर्षण गराइन् ।

उनले सबै तहका न्यायालय हुँदाहुँदै पनि नाागरिकले समयमा न्याय पाउन नसकेको बताइन् । उनले मुद्दा फैसलाको प्रक्रिया समेत लामो भएको कारण नागरिकले न्याय पाउन नसकिएको बताइन् ।  उनले फैसला कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा जोड दिइन् ।