जीवन बीमाको नवीकरण बीमाशुल्कमा उछालः साउनमै २१ अर्ब ७१ करोड संकलन, कुनको कति ?

विज्ञापन
ncell

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूको नवीकरण बीमाशुल्क आर्जन उल्लेख्य रूपमा बढेको छ । कम्पनीहरूले साउनमा मात्रै २१ अर्ब ७१ करोड ३३ लाख ८१ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन् ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूको नवीकरण बीमाशुल्क आर्जन उल्लेख्य रूपमा बढेको छ । कम्पनीहरूले साउनमा मात्रै २१ अर्ब ७१ करोड ३३ लाख ८१ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन् ।

गत आर्थिक वर्ष २०८२/८३ को साउनमा जीवन बीमा कम्पनीहरूले १६ अर्ब ३८ करोड ८ लाख ७३ हजार रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थिए । यस वर्षको साउनमा भएको संकलन गत वर्षको सोही अवधिको तुलनामा ५ अर्ब ३३ करोड २५ लाख रुपैयाँले बढी हो । प्रतिशतका आधारमा नवीकरण बीमाशुल्क ३२.५५ प्रतिशतले वृद्धि भएको छ ।

नवीकरण बीमाशुल्कमा नेपाल लाइफ सबैभन्दा अगाडि देखिएको छ । कम्पनीले साउनमा ५ अर्ब ६३ करोड ३५ लाख ३२ हजार रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ७४ करोड ३८ लाख १७ हजार रुपैयाँ संकलन गरेको छ ।

नेशनल लाइफले २ अर्ब ३८ करोड ८ लाख ६२ हजार रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गर्दा हिमालयन लाइफले १ अर्ब ९८ करोड ८७ लाख ७१ हजार रुपैयाँ संकलन गरेको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १ अर्ब ९० करोड ६२ लाख ७३ हजार रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ ।

मध्यम आकारका जीवन बीमा कम्पनीतर्फ सूर्यज्योति लाइफले १ अर्ब १९ करोड ५० लाख ९५ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ९२ करोड १७ लाख १४ हजार, सानिमा रिलायन्स लाइफले ७१ करोड ३३ लाख ४५ हजार, सिटिजन लाइफले ६६ करोड २५ लाख ८८ हजार र आइएमई लाइफले ६५ करोड ४४ लाख ४३ हजार रुपैयाँ आर्जन गरेका छन् ।

यसैगरी प्रभु महालक्ष्मी लाइफले ५७ करोड ६८ लाख ३६ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफले ५१ करोड ६४ लाख ९६ हजार रुपैयाँ, मेट लाइफले ४६ करोड १ लाख ४१ हजार रुपैयाँ र सन नेपाल लाइफले ३५ करोड ९४ लाख ६८ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन् ।