प्रधानमन्त्री शाह बाढी प्रभावित विदूरमा पुगे, घाइतेहरू भेट्दै

विज्ञापन
ncell

रसुवाको भोटेकोशीमा आएको बाढीले पुर्याएको क्षतिबारे स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदूर पुगेका हुन् ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेका छन् । रसुवाको भोटेकोशीमा आएको बाढीले नुवाकोटको विदुरमा पुर्याएको क्षतिबारे स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदूर पुगेका हुन् ।

विदुर पुगेका प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी छन् । आज बिहान स्थलमार्ग हुँदै विदूर पुगेका उनीहरुले त्यहाँका घाइतेहरुलाई भेटेका छन् । बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति गरेको छ । त्यसमध्ये विदूर पनि प्रभावित क्षेत्र हो ।