आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्: रवि लामिछाने

विज्ञापन
ncell

आईतबार राजधानी काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारका गतिविधिले मुलुकको लोकतन्त्र कमजोर नहोस् भन्नेकुरामा आफूहरु सचेत हुनुपर्ने बताएका छन् । आईतबार राजधानी काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो क्रियाकलापका कारण मुलुकको लोकतन्त्र कमजोर हुन नदिन अत्यन्त जिम्मेवार बन्न आम नेता कार्यकर्तालाई आग्रह समेत गरे । उनले आज विभिन्न संस्थाहरु डराएको उल्लेख गर्दै संस्थाहरु भत्किँदै गए लोकतन्त्र समेत संकटमा पर्ने बताए । 

सभापति लामिछानेले लोकतन्त्र एकैपटक ध्वस्त हुने सानो घर नभएको समेत टिप्पणी गरे । शहीदहरूको बलिदान र राजनीतिक दलहरूको संघर्षबाट प्राप्त लोकतन्त्र निकै बलियो रहेको समेत बताए । उनले पुराना राजनीतिक दलहरुले लोकतन्त्रलाई मजबुत बनाएर आफूहरुलाई जिम्मा लगाएको भन्दै लोकतन्त्र कमजोर बनाएको इतिहास लेखाउने मार्गमा नजान जिम्मेवार भएर काम गर्नुपर्ने बताए ।